​पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना

Newslaya Home

​पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना

बुधबार १५, फागुन २०७५

काठमाडौं । ताप्लेजुङमा पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटना भएको छ । 

मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दिर दर्शन गरेर तेह्रथुमको चुहानडाँडामा एयरपोर्ट निरीक्षणका लागि जाँदै गर्दा बीचैमा दुर्घटना भएको हो ।

गृहसचिव प्रेमकुमार राईका अनुसार हेलिकोप्टरमा मन्त्री अधिकारी, डाइनेस्टी एयरका प्रमुखसहित ६ जना थिए ।