​पाकिस्तानमा भारतले फेरि गर्‍यो आक्रमण, ४ जनाको मृत्यु

Newslaya Home

​पाकिस्तानमा भारतले फेरि गर्‍यो आक्रमण, ४ जनाको मृत्यु

बुधबार १५, फागुन २०७५

काठमाडौं । भारतीय सेनाको आक्रमणबाट पाकिस्तानमा चार जनाको मृत्यु भएको छ । भारतले पाकिस्तानमा यो सहित दुई पटक आक्रमण गरिसकेको छ ।

पाकिस्तानको बालाकोटमा भारतीय वायुसेनाको आक्रमणपछि काश्मिरको सीमा क्षेत्रमा तनाव बढेको हो ।

मंगलबार राति कोटली जिल्लामा भारतीय सुरक्षाकर्मीले पुनः आक्रमण गरेको छ । आक्रमणमा तीन महिला र एक बच्चासहित चार जनाको मृत्यु भएको बीबीसीले लेखेको छ । 

भारत नियन्त्रित कास्मिरमा ४० जना भारतीयको ज्यान जानेगरी भएको आक्रमणलाई भारतले पाकिस्तानले गराएको आरोप लगाउँदै आएको छ । 

घटनाको जवाफमा भारतले पाकिस्तानको बालाकोटमा हवाई हमला गरेको थियो । भारतले चरमपन्थी संगठन जैश ए मोहम्मदको अड्डामा आक्रमण गरेको बताए पनि पाकिस्तानले जंगल क्षेत्रमा गरिएको आक्रमणबाट कुनै भौतिक र मानवीय क्षति नभएको जनाएको छ ।