​५० दिन ब्याट्रि टिक्ने स्मार्टफोन सार्वजनिक

Newslaya Home

​५० दिन ब्याट्रि टिक्ने स्मार्टफोन सार्वजनिक

बुधबार १५, फागुन २०७५

काठमाडौं । फ्रान्सेली कम्पनी एभेनियर टेलिकमले १८ हजार एमएएच ब्याट्रि क्षमता भएको स्मार्टफोन सार्वजनिक गरेको छ । मोबाइल विश्व कंग्रेस (एमडब्ल्यूसी)मा कम्पनीले यो स्मार्टफोन सार्वजनिक गरेको हो । 

कम्पनीले सार्वजनिक गरेको स्मार्टफोनको नाम इनर्जाइजर पावर म्याक्स पी१८के पोप राखिएको छ । यो स्मार्टफोन एकपटक फुल चार्ज गरेपछि ५० दिनसम्म ब्याट्रि टिक्ने अनुमान गरिएको छ । 

पी१८के पोप स्मार्टफोनमा ६ जीबी र्‍यामको प्रयोग गरिएको छ भने १२८ जीबी इन्टर्नल स्टोरेज दिइएको छ । यसमा १२, ५ र २ मेगापिक्सलको ट्रिपल रेयर क्यामेराको प्रयोग गरिएको छ । सेल्फीको लागि पनि १६ र २ मेगापिक्सलको फ्रन्ट क्यामेरा दिइएको छ ।
 
यो स्मार्टफोनमा ६.२ इन्चको एलसीडी डिस्प्ले रहेको छ । यो  स्मार्टफोन एन्ड्रोइड ९ पाइमा चल्ने यो स्मार्टफोनलाई एकपटक फुल चार्ज गरेपछि लगातार २ सय घण्टासम्म भिडियो हेर्न सकिन्छ । 

यस्तै यो स्मार्टफोनलाई पावर बैंकको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।