​हुवावेले ल्यायो फोल्डिङ स्मार्टफोन, यस्तो छ विशेषता

Newslaya Home

​हुवावेले ल्यायो फोल्डिङ स्मार्टफोन, यस्तो छ विशेषता

सोमबार १३, फागुन २०७५

काठमाडौं । सामसुङले फोल्डिङ स्मार्ट फोन ल्याएको एक साता नबित्दै चिनियाँ स्मार्टफोन निर्माता हुवावेले पनि फोल्डिङ स्मार्टफोन बजारमा ल्याएको छ । 

स्पेनको बार्सिलोनामा जारी वल्र्ड मोबाइल कंग्रेसमा विश्वको दोस्रो ठूलो स्मार्टफोन कम्पनी हुवावेले मेट एक्स मोबाइल फोन सार्वजनिक गरेको हो ।

फाइभजी प्रविधि सपोर्ट गर्ने यो फोनको डिस्प्ले ८ इन्चको छ । ११ एमएम मोटाइ भएको यो फोनको युरोपीयन बजारमा २ हजार ६ सय युरो तोकिएको छ ।

यसलाई फोल्ड गर्दा तीन प्रकारका डिस्प्लेको प्रयोगकर्ताले अनुभव गर्न पाउने छन् । जसमा अगाडिको डिस्प्ले ६.६ इन्चको हुने छ । पछाडि(रियर) ६.३ इन्च हुने छ । यसको पुरै साइज भने ८ इन्चको हुनेछ ।

डिस्प्लेको रिजोलोशुन पनि तीन प्रकारको हुने कम्पनीले जनाएको छ । ८ जिबी र्‍याम भएको यो फोनमा ५१२ जिबी मेमोरी हुने छ । किरिन ९८० प्रोसेसर भएको फोनमा ४५०० एमएच क्षमताको ब्याट्री रहेको छ ।

५५ वाटका सुपर चार्जर भएको यो फोन ३० मिनेटमा ८५ प्रतिशत चार्ज हुने कम्पनीको दाबी छ ।