​शरीरका सबै अंगमा टाटु बनाएर विश्व किर्तिमान

Newslaya Home

​शरीरका सबै अंगमा टाटु बनाएर विश्व किर्तिमान

सोमबार १३, फागुन २०७५

काठमाण्डौ । शरीरका विभिन्न अंगमा टाटु खोपेर भारतकी एक युवतीले विश्व किर्तिमान कायम गरेकी छन् ।

मुम्बईकी २१ बर्षीया  तेजस्वी प्रभुलकरले आफ्नो सरीरमा कूल १ सय ३ वटा टाटु बनाएकी छिन् । जिउमा सबैभन्दा धेरै टाटु बनाउने भारतीय महिलाको रुपमा लिम्का बुक अफ वल्र्डस्मा उनको नाम दर्ता भएको छ ।

१७ वर्षकी हुँदा नै उनले जिउमा टाटु खोप्न थालेकी हुन् । टाटुको अनौठो शौखकै कारण उनले आफ्नो घरपनि छाड्नु पर्यो । तरपनि उनले आफ्नो शौख छाडिनन् । 

अन्ततः टाटु आर्टिस्ट, पेन्टर तथा मोडेलको रुपमा उनले आफुलाई स्थापित गरिन् । उनले आफ्नै नाम तेजस्वी लेखेर जिउमा पहिलो टाटु खोपेकी थिइन् ।