​आइसक्रीम खाएर ९ वर्षीया बालिकाको मृत्यु

Newslaya Home

​आइसक्रीम खाएर ९ वर्षीया बालिकाको मृत्यु

आइतबार १२, फागुन २०७५

बेलायतकी एक नौ वर्षीया बालिकाको आइसक्रीम खाएर मृत्यु भएको छ । परिवारसँग स्पेनमा छुट्टी मनाउन गएका बेला आइसक्रीम खाँदा ती बालिकाको मृत्यु भएको हो ।

बालिकाको परिवारका अनुसार, उनले खाएको आइसक्रीममा बदामको अंश थियो र बालिकालाई बदामको एलर्जी थियो । तर उनलाई आइसक्रीममा बदाम नभएको भनी बताइएको थियो । 

हबीबा चिश्ती नामक ती बालिकालाई बदामको एलर्जी भएकाले मातापिता एकदमै सावधान रहन्थे । तर स्पेनको कोस्टा डेल नामक स्थानमा आइसक्रीम खाएको केही समयमै बालिका बिरामी भइन् । 

बालिकासँग उनका मातापिता र दुई भाइबहिनी पनि गएका थिए । परिवारले एक स्थानीय पसलबाट आइसक्रीम खरिद गरेको थियो । त्यो खाएर होटल फर्केपछि बालिका बिरामी भएकी थिइन् । 

घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।