​मलेसियाली जेलमा २०६ जना नेपाली बन्धक

Newslaya Home

​मलेसियाली जेलमा २०६ जना नेपाली बन्धक

शनिबार ११, फागुन २०७५

काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका २०६ जना नेपाली मलेसियाको जेलमा रहेको पाइएको छ । 

क्वालालम्पुरस्थित नेपाली दूतावासले विभिन्न जेलमा पुगी संकलन गरेको पछिल्लो तथ्यांकअनुसार अवैध बसाइ र व्यवहारजन्य समस्याका कारण मलेसियाका जेलमा २०६ जना नेपाली रहेको पाइएको हो । 

मलेयसिया पुगेपछि आफ्नो भिषा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाइ, व्यवहारजन्य समस्यालगायत कारण नेपाली जेल पर्ने गरेको दूतावासका प्रथम सचिव प्रेमराज गौतमाले बताए। 

यस्तै कतिपय भने चोरी, लागुऔषध कारोबार, अपहरण, जुवातासजस्ता गम्भीर मुद्दामा जेल पुगेको पाइएको उनले बताए। सचिव गौतमका अनुसार अवैध रुपले बसेकालाई प्रहरीले क्वालाम्पुरको पुत्राजयस्थित अध्यागमन विभाग हुँदै अदालतमा पेस गर्छ।