​घट्यो सुनको भाउ

Newslaya Home

​घट्यो सुनको भाउ

शुक्रबार १०, फागुन २०७५

काठमाण्डौ । आज (शुक्रबार) सुनको भाउ तोलामा पाचँ सय रुपैयाँ घटेको छ । आज सुन तोलाको ६२ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो (बिहिबार) सुन तोलाको ६३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै चाँदी आज तोलामा १० रुपैयाँ घटेर ७ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।