राती सुत्दा कपाल बाँधेर सुत्ने कि खोलेर ?

Newslaya Home

राती सुत्दा कपाल बाँधेर सुत्ने कि खोलेर ?

बिहीबार ०९, फागुन २०७५

हामी दिनभर कपालको हेरचाह गर्छौं । स्याम्पु गर्छौ । तेल मसाज गर्छौं । धुलो–धूवाँबाट जोगाउन स्कार्फले ढाक्छौ । तर, राती सुत्दा कपाललाई बेवास्ता गर्छौं 

हामीले राती सुत्ने क्रममा पनि कपालको ख्याल राख्नुपर्छ । किनभने राती सुत्दा कपालको ख्याल गरिएन भने टुक्रिने वा रुखो हुने समस्या हुन्छ ।

सामान्यतया, धेरै जसो महिलाले राती सुत्दा कपाल खुला छाड्ने गर्छन् । राती सुत्ने क्रममा व्यक्तिको सुत्ने पोजिशन सँगै कपालको पोजिशन पनि बेलाबेलामा परिवर्तित हुने गर्छ । परिणामस्वरुप, कपाल लट्टा पर्ने, कपाल झर्ने तथा कपालमा क्षति पुग्ने गर्छ ।

कपालमा हुने क्षति कम गर्न पनि रातको समयमा कपालको उत्तिकै हेरचाह गर्न जरुरी छ ।

कतिपय मानिसहरु रातको समयमा कपाल बाधेर सुत्दा कपाल झर्ने बताउँछन् । जबकी केही व्यक्ति यसको ठीक विपरित सोच्ने गर्छन् । जसले गर्दा मानिसलाई कपाल बाधेर सुत्ने वा छोडेर भन्ने विषयमा समेत दुविधा रहने गर्छ ।

कपाल बाँधेर सुत्दाको फाइदा

रातमा कपाल बाधेर सुत्नु फाइदाजनक हुन्छ । किनकी कपाल खोलेर सुत्दा कपाल कमजोर हुने गर्छ । परिणामस्वरुप कपाल झर्ने हुँदा कपाल बाधेर सुत्नु नै बढी फाइदाजनक मानिन्छ । यसले कपाल झर्ने समस्या कम हुने गर्छ ।

कपाल सिल्की हुन्छ 

कसैलाई सिल्की कपाल चाहिन्छ भने राती सुत्नु भन्दा पहिले कपालमा हेयर मास्क लगाएर सावर क्याप पहिरिनु पर्छ । विहानीपख माइल्ड स्याम्पूले कपाल धुनाले कपाल सिल्की र साइनी बन्छ ।

कपाल टुक्रने डर हुँदैन

कपाल बाध्नाले कपालमा लट्टा पर्दैन , जसले गर्दा कपाल टुक्रने डर पनि हुँदैन । यसबाहेक, सुतीको तकियाको खोलको प्रयोग कपाल सुख्खा हुने गर्दछ । यसबाट बच्न तकियाको खोल सिल्कको प्रयोग गर्नु पर्दछ ।

रुखोपना हट्छ

विशेषगरी, राती सुत्दा पप्रयोग गरिने तकियाले कपालको नरमपना तथा प्राकृतिक तेल सोस्ने गर्छ,  जसले गर्दा कपाल रुखो हुनुका साथै सुख्खा हुने गर्छ । परिणामस्वरुप, कपाल र्झने हुदाँ कपाल बाधेर सुत्नु नै उचित हुन्छ ।

कपालमा कर्ल बस्छ

कर्ली हेयरको सौख राख्ने व्यक्तिले कपाल जुरो बनाएर सुत्नु उपर्युक्त हुन्छ । जसले गर्दा विहानसम्ममा कपाली कर्ली भइसक्छ ।

कपाल स्वस्थ हुन्छ

स्वस्थ कपाल चाहिन्छ भने भिजेको कपाललाई कहिल्यै पनि बाधेर सुत्नु हुँदैन । बरु कपाललाई ड्रायरले सुकाएर हल्का किसिमले बाध्नु पर्छ । यसले कपाल टुक्रने जोखिम ८० प्रतिशतसम्म कम हुने गर्छ ।

 कपाल बाध्ने तरीका 

–सिधा कपाल हुनेले हल्का चुल्ठो बनाउने । यसले विहान सम्म पनि कपालमा लट्टा पर्न दिदैन ।

–लामो कपाल भएमा जुरो बनाउन उचित हुन्छ । तर जुरो बनाउन यो ध्यानमा राख्न जरुरी छ कि कपाल धेरै नतन्कियोस् ।

(घुम्रेको कपाल हुनेले साइड वा पछाडी पट्टी जुरो बनाएर सुत्नु पर्छ । यसले सुत्नमा कुनै समस्या हुँदैन । र, कपालको आकार पनि विहानसम्म सही अवस्थामा रहन्छ ।