​मोरङमा टिपर दुर्घटना न्यून गर्न चालकलाई प्रहरीको प्रशिक्षण

Newslaya Home

​मोरङमा टिपर दुर्घटना न्यून गर्न चालकलाई प्रहरीको प्रशिक्षण

बुधबार ०८, फागुन २०७५

विराटनगर । चालकको लापरवाहिका कारण दुर्घटना बढन थालेपछि मोरङ प्रहरीले ट्रिपरका चालकलाई अनिवार्य प्रशिक्षण दिन सुरु गरेको छ । 

अत्याधिक गतिका र चालकको कारण दुर्घटना बढन थालेपछि प्रहरीले सो दुर्घटना तथा क्षति कम गर्नको लागि प्रशिक्षण दिन लागेको हो । 

साथै सडकमा टिपर हाँक्ने चालकको स्वास्थ्य परीक्षण र सडकमा गुड्ने टिपरको ‘कन्डिसन’ को पनि चेकजाँच गर्न थालिएको छ।

बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म संचालन हुने यस कार्यक्रमअन्तर्गत प्रत्येक ट्रिपर चालकले १५ मिनेटको ट्राफिक सचेतना कार्यक्रममा सहभागी हुनु पर्नेछ । वैध सवारी चालक अनुमति पत्र नभएका ब्यक्तिलाई ट्रिपर चलाउन दिने सवारी धनीलाई ट्राफिक नियम उल्लंघनमा कारवाही गरिने बताइएको छ ।