​नेपालमा गाँजालाई वैधता दिन सांसदमा माग

Newslaya Home

​नेपालमा गाँजालाई वैधता दिन सांसदमा माग

बुधबार ०८, फागुन २०७५

काठमाडौँ । राष्ट्रिय सभाको बैठकमा सांसद विरोध खतिवडाले गाँजालाई मान्यता दिन माग गरेका छन् । 

सांसद खतिवडाले विकसित तथा सम्पन्न देशहरुले समेत गाँजालई मान्यता दिएको र नेपालमा पनि गाँजालाई मान्यता दिनुपर्ने भन्दै सांसदको बैठकमा माग गरेका थिए । 

उनले गाँजालाई वैध ढाँचा दिएर आम्दानी पनि गर्न सकिने भएकोले गाँजालाई मान्यता दिनुपर्ने बताएका थिए ।