​पशुपती शर्माको गीतबारे पहिलो पटक बोले प्रधानमन्त्री, यसरी उडाए मजाक

Newslaya Home

​पशुपती शर्माको गीतबारे पहिलो पटक बोले प्रधानमन्त्री, यसरी उडाए मजाक

बुधबार ०८, फागुन २०७५

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक गायक पशुपति शर्माको गीत बारे प्रतिक्रिया दिएका छन् । 

शर्माको गीत युट्युबबाट हटाइएको विषयमा नेकपा र उनका कार्यकर्तामाथि आरोप लाग्दै आएकोमा उनले बुधबार बिहान सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रतिक्रिया दिएका हुन् । 

प्रधानमन्त्री ओलीले जनताले नरूचाएपछि गायक शर्माले नै त्यो गीत युट्युबाट हटाएको दाबी गरे ।

‘एउटाले भुलचुकमा गीत बनायो रे कता हो कता । लुट, लुट । गरी खाएर केही काम लाग्दैन । लुटेर खा भाइ लुटेर खा भनेर गीत बनाएछन्,’ प्रधानमन्त्रीले भने, ‘जनताले तिम्रो गीत मन पराएनौं भनेपछि युट्युबबाट हटाएछन् ।’

उनले गायकलाई २५ हजार पुरस्कार दिने घोषणा गरेका कांग्रेस सांसद अमरेशकुमार सिंहलाई समेत ओलीले उडाएका छन् ।

‘त्यस्तो राम्रो लुटेर खान सिकाउने गीत नेपालीलाई सुहाउँदो, किन हटाएको भनेर राख्नुपर्छ भनेछन्,’ प्रधानमन्त्रीले भने, 'बाटै त्यही हो ।'

उनले सरकारले यो गीत युट्युबबाट हटाउनेबारे केही नभनेको बताए ।