टाइट बेल्ट लगाउनुहुन्छ ? सावधान !

Newslaya Home

टाइट बेल्ट लगाउनुहुन्छ ? सावधान !

बुधबार ०८, फागुन २०७५

केही मानिसहरुको टाइट बेल्ट लगाउने बानी हुन्छ । जुन स्वास्थ्यको दृष्टिकोणले एकदमै खतरनाक मानिन्छ । पुरुष र महिला दुवैलाई टाइट बेल्ट लगाउनाले गम्भीर समस्याको सामना गर्नुपर्ने अवस्था आउन सक्छ । 

हामीले बेल्ट लगाउने ठाउँमा शरीरका महत्वपूर्ण अंग हुन्छन् । त्यसैले लामो समयसम्म टाइट बेल्ट लगाउँदा धेरै स्वास्थ्य समस्या आउन सक्छ । जान्नुहोस् टाइट बेल्टको प्रयोगले यस्तो समस्या आइपर्नसक्छः 

एसिड रिफलेक्स
दिनभरी टाइट बेल्ट लगाउनाले एसिड रिफलेक्स वा हार्ट बनको समस्या हुने खतरा धेरै हुन्छ । टाइट बेल्टले पेटमा दवाब दिन्छ । जसले खाना पचाउनका लागि बन्ने एसिड आफ्नो सीमा पार गर्दै फोक्सो र घाँटीसम्म पुग्छ । यसले गर्दा टाइट बेल्ट लगाउने मानिसमा छाती पोल्ने, पाचन प्रक्रियामा समस्या आउने, कब्जियत हुने आदि समस्या हुन्छ । लामो समयसम्म यस्तो समस्या आइपरेमा घाँटीको क्यान्सरसमेत हुन सक्ने खतरा रहन्छ । 

प्रजनन क्षमतामा कमी 
लामो समयसम्म टाइट बेल्ट लगाउने पुरुष र महिला दुवैको प्रजनन क्षमतामा कमी आउन सक्छ । यसले इन्फर्टिलिटी हुने खतरा बढाउँछ । टाइट बेल्टले पेल्भिक एरियामा दवाब पुग्छ, जुन प्रजननको महत्वपूर्ण अंग हो । 

योबाहेक टाइट बेल्टको कारण प्राइभेट अंगसम्म हावा ठिकसँग पुग्न पाउँदैन र बडी टेम्प्रेचर बढ्छ र स्पर्मको संख्या घट्छ । 

हर्नियाको समस्या 
टाइट बेल्टले तपाईमा हर्नियाजस्तो गम्भीर समस्यामा निम्त्याउन सक्छ । हायटल हर्नियाको अवस्थामा पेटको माथिल्लो भागमा डायाफ्राम कमजोर हुँदा शरीरभित्रको एसिड रोक्न सकिँदैन् । यो एसिड पेटको नलीमा पुगेर तापक्रम बढाउँछ, जसले हाम्रो छाती पोल्ने र दुखाइ महसुस हुन्छ ।