​चतरामा विश्वकै दोश्रो तारक ब्रम्ह महायज्ञ सम्पन्न, शिद्धबाबा जगतगुरु घोषित

Newslaya Home

​चतरामा विश्वकै दोश्रो तारक ब्रम्ह महायज्ञ सम्पन्न, शिद्धबाबा जगतगुरु घोषित

बुधबार ०८, फागुन २०७५

चतराधाम । चतराधामका महायोगी शिद्धबाबा कृष्णदासजी महाराजलाई जगतगुरु रामानन्दाचार्य पदबाट विभूषित गरिएको छ ।

चतराधाममा भएको महायज्ञको समापनका अवसरमा महायोगी शिद्धबाबालाई विभूषित गरिएको हो ।

महायज्ञको समापनका अवसरमा उपस्थित भएका चतुः सम्प्रदायका जगतगुरु लगायत शीर्षस्थ व्यक्तित्वहरु अनि, निर्वाणी, दिगम्बर, महानिर्वाणी गरि चारै अखडा परिषदका अध्यक्ष्य तथा वैष्णव सम्राट विभूषित गरिएका लगायत व्यक्तित्वहरुले बराहक्षेत्र स्थित जगतगुरु श्रीरामाचार्य शिवापीठलाई श्रीराम तारक ब्रम्हपीठका रुपमा घोषणा समेत गरेका छन् ।

१० दिनसम्म चलेको तारक ब्रम्ह महायज्ञको अन्तिम दिन मंगलबार नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस उपसभापति विमलेन्द्र निधि, पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्व मन्त्री मिनबहादुर विश्वकर्मा लगायतको उपस्थितिमा महायोगी शिद्धबाबालाई जगतगुरु घोषणा गरिएको हो ।

१२ सय साधकहरुले निरन्तर तपस्या गरेको र विश्वमै दोस्रोपटक श्रीराम तारक ब्रम्ह महायज्ञ भएको हो । यसअघि ७०५ वर्षअघि भारतमा उक्त महायज्ञ भएको थियो ।

1 प्रतिकृयाहरू प्राप्त
  • phanindra bhandariलेख्नुहुन्छ
  • |
  • आइतबार १२, फागुन २०७५ ०६:१६
जय श्रीराम, जय गुरुदेव!!