विराट राजवंशी समाज उत्थान समितिको १२ औँ भेला सम्पन्न

Newslaya Home

विराट राजवंशी समाज उत्थान समितिको १२ औँ भेला सम्पन्न

सोमबार ०६, फागुन २०७५

विराटनगर । राजवंशी समाज उत्थान समिति(विराट)को १२ औं बृहत भेला विराटनगरमा सम्पन्न भएको छ ।

समितिले बृहत भेलाको अवसरमा विविध कार्यक्रम गरेको छ । स्थानिय वीरेन्द्र सभागृहमा आयोजना गरिएको बृहत भेलाको प्रदेश एकका प्रमुख प्राडा गोबिन्दबहादुर तुम्बाहाङ र सामाजिक विकास मन्त्री जीवन घिमिरेले उदघाटन गरेका थिए । 

सो अवसरमा बोल्नुहुंदै प्रदेश प्रमुख तुम्बाहाङ प्रदेश एक जातिय विविधताले सम्पन्न प्रदेश रहेको बताए । कार्यक्रममा उनले प्रदेश भित्रका विभिन्न जातिय समुदायहरुमध्ये विराट राजवंशी समुदाय समेत आफ्नो छुट्टै पहिचान र संस्कृति बोकेको समुदाय रहेको बताएका थिए ।

साथै उनले प्रदेश सरकारले विराट राजवंशी समुदायले उठाएका मागहरुलाई सम्बोधन गर्ने बिषयमा आफु विश्वस्त रहेको बताए ।
कार्यक्रममा बृहत भेलाका संयोजक सिद्धुलाल राजवंशीले विराटनगर वरिपरिलाई केन्द्र बनाएर आदिम कालदेखि बस्दै आएका विराट राजवंशीहरुलाई समेत आदिवासीमा सुचिकृत गर्नुपर्ने माग माग गरेका थिए । 

कार्यक्रममा विराट राजवंशीको संस्कृति झल्किने नृत्य समेत प्रस्तुत गरिएको थियो ।