​गोरु काटेको आरोपमा सुनसरीमा फेरी समातिए बाबु छोरा

Newslaya Home

​गोरु काटेको आरोपमा सुनसरीमा फेरी समातिए बाबु छोरा

सोमबार ०६, फागुन २०७५

धरान । गोरु काटेको आरोपमा सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बराहक्षेत्र नगरपालिका–७ को बाँगे बजारमा सोमबार गोरु काटेको आरोपमा बाबु–छोरालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले पक्राउ गरी नियन्त्रणमा लिएको हो ।

प्रहरीले ६० केजी गोरुको मासु पनि बरामद गरेको जनाएको छ । साथै बाबु–छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले बताएका छन् ।

यसअघि धरानमा गोरु काटेको आरोपमा ६ जना पक्राउ परेका थिए । गोरु काट्न पाउनुपर्ने भन्दै आन्दोलनसमेत भएको थियो । पछि आन्दोलनकारीहरुले गोरुको मासुसहितको भोजसमेत खाएका थिए ।