​महानायक हमालले हात पारे ‘शान्ति तथा मानवता’ अवार्ड

Newslaya Home

​महानायक हमालले हात पारे ‘शान्ति तथा मानवता’ अवार्ड

सोमबार ०६, फागुन २०७५

काठमाडौं । बज्रकिल्या प्रोडक्शनले राजधानीमा आयोजना गरेको ‘फस्ट ईन्टरनेश्नल पिस एण्ड ह्युमानिटी कन्फेरेन्स’ कार्यक्रममा महानायक राजेश हमालले ‘शान्ति तथा मानवता’ अवार्ड हात पारेका छन् । 

काठमाडौंको होटल र्याडिशनमा आयोजना गरिएको कार्यक्रममा हमालसँगै, पत्रकार ऋषी धमला, रेस्लर हिमालयन टाइगर लगायत ११ व्यक्तिले उक्त अवार्ड हात पारेका थिए ।

उक्त कार्यक्रममा फिलिपिन्सकी राजकुमारी हर हाईनेस मारिया लियोनोरा टोरेसले अवार्ड प्रदान गरेकी थिइन् । कार्यक्रममा बोल्दै बज्रकिल्या प्रोडक्शनको सीइओ जाम्पा फुर्वा दोर्जे लामाले हिमालय क्षेत्रको भाषा, संस्कृति संरक्षण गर्न र नेपाली चलचित्र क्षेत्रलाई अन्तराष्ट्रिय रुपमा अघि बढाउन सो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । 

कार्यक्रममा गायक मिंग्मा शेर्पा, सगरमाथा आरोहण गर्ने पहिलो शेर्पा महिला डोमा शेर्पा, कान्छो चलचित्र निर्देशक सौगात बिष्ट लगायतलाई समेत सम्मान गरिएको थियो ।