​बुढासुब्बा गोल्डकप क्यामरुनलाई, फेरी पनि फाइनलबाट बाहिरियो आयोजक

Newslaya Home

​बुढासुब्बा गोल्डकप क्यामरुनलाई, फेरी पनि फाइनलबाट बाहिरियो आयोजक

शनिबार ०४, फागुन २०७५

धरान । बुढासुब्बा रेडबुल गोल्डकपको २१ औं सँस्करण डाउफिन्स एफसि, क्यामरुनले जितेको छ । 

आयोजक धरान फुटबल क्लबलाई पराजित गर्दै उसले उपाधि जितेको हो । पेनाल्टी सुट आउटमा आयोजकलाई क्यामरुनले ३–२ ले पराजित गरेको हो । 

जितसँगै क्यामरुनले ८ लाख र उपविजेता धरानले नगद ४ लाख रुपैया पाएको छ ।

हारसँगै धरान फुटबल क्लब फेरी पनि फाइनलमा पुगेर पाँचौ पटक रोकिने अभागि टिम बनेको छ । घरेलु मैदान र हजारौ घरेलु दर्शकको साथ पाएर पनि हरेक सँस्करणमा आयोजक असफल हुँदै आएको छ । 
 

बुढासुब्बा गोल्डकपमा अभागि धरान : पाँचौ पटक पनि फाइनलमा पराजित