विराटनगरमा जारी जुत्ता मेलामा १ करोडको कारोबार

Newslaya Home

विराटनगरमा जारी जुत्ता मेलामा १ करोडको कारोबार

सोमबार २८, माघ २०७५

विराटनगर । विराटनगरमा जारी जुत्ता मेलामा हालसम्म एक करोड मुल्य बराबरको कारोबार भएको छ । 

स्वदेशी उत्पादनको प्रबद्र्धन गर्ने उद्देश्यले मेला गत माघ ९ गतेदेखि विराटनगरमा सुरु गरिएको थियो । जसमा २० दिन भित्रमा १ करोड मूल्य बराबरको जुत्ताचप्पल बिक्री भएको मेला आयोजक समितिले जनाएको छ । 

मेला संयोजक होमनाथ उपाध्यायलेस्वदेशी फुटवेयर उद्योगका गुणस्तरिय उत्पादनप्रति आम उपभोक्ताको चासो दिनानुदिन बढदै गएको बताएका छन् । मेलामा सहभागि देशभित्रका १० वटा प्रतिष्ठित जुत्ताचप्पल उद्योगले १५ देखि ६० प्रतिशतसम्मको छुटमा आफ्ना उत्पादन बिक्री गरिरहेका छन ।

 जुत्ता चप्पल मेलामा विएफ डियर हिल, रन सुज, क्रस रोड, म्याजिक, सु ल्याण्ड र कोसेली सुजका स्पोर्टस्, क्याजुअल, हवाई चप्पल र बेल्ट बिक्रीमा राखिएको छ ।