आफुले भनेको गित नबजाएको भन्दै एक समुहले हतियार प्रहार गर्दा तीन जना घाइते

Newslaya Home

आफुले भनेको गित नबजाएको भन्दै एक समुहले हतियार प्रहार गर्दा तीन जना घाइते

सोमबार २८, माघ २०७५

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ सिमल बोटमा आइतबार राती आँफुले भनेको गित नबजाएको भन्दै विवाद हुँदा तीन जना घाइते भएका छन् । 

स्थानीय दिल बहादुर तामाङको छोरीको बिवाहमा भने जस्तो गित नबजाएको बिषयमा विवाद हुँदा सोही स्थानका २२ वर्षीय बिश्व सेङदान, १७ वर्षीय सरोज सेङदान र १९ वर्षीय मिखे तामाङ लगाएतको समुहले आवेशमा आई खुकुरी प्रहार गर्दा पाहुना आएका फुङलिङ नगरपालिका–८ दोखुका ३८ वर्षीय कर्ण बहादुर सुनुवार, ३० वर्षीय पेम्बा शेर्पा र ३२ वर्षीय पासाङ शेर्पा घाइते भएका हुन् । 

धारिलो हतियार प्रहारबाट शरिरको बिभिन्न भागमा चोट लागी घाईते भएका तीनै जनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

हतियार प्रहार गर्ने समूह तत्काल फरार रहेकोले खोजीकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।