भोजपुर–संखुवासभा जोड्ने ​पुल बनाउन माग गर्दै स्थानियबासीले गरे नगरपालिका घेराउ

Newslaya Home

भोजपुर–संखुवासभा जोड्ने ​पुल बनाउन माग गर्दै स्थानियबासीले गरे नगरपालिका घेराउ

सोमबार २८, माघ २०७५

भोजपुर । भोजपुर–संखुवासभा जोड्ने अरुण नदीमा पुल निर्माणको माग गर्दै स्थानियबासीले षडानन्द नगरपालिकाका घेराउ गरेका छन् । 

झण्डै ८ वर्षदेखि पुल निर्माणको काम अलपत्र पारेको भन्दै नगरपालिकाका स्थानीयबासी माघ २७ देखि फागुन ६ गतेसम्म संघर्षमा उत्रिएका हुन्। 

पुन निर्माण कार्य ढिलो गरेको भन्दै सोमबार षडानन्द नगरपालिको कार्यालय घेराउ गरी दबाब दिएको लम्सुवा पक्‍की पुल बनाउन अभियानका संयोजक दिलबहादुर राईले बताए। 

षडानन्द नगरपालिका लगायत भोजपुरका उत्तरी क्षेत्रका करिब ७० हजारभन्दा बढी सर्वसाधारणले नदीमा पुल नहुँदा दिनहुँ ज्यान जोखिम मोलेर नदी वारपार गर्दै आएका छन्। 

यता नगरपालिकाका मेयर विरबल राईले उक्त पुल निमार्णका लागि संघीय र प्रदेश सरकारसँग पहल भइरहेको बताए।