नेविसंघ अध्यक्ष महरले दिए राजीनामा

Newslaya Home

नेविसंघ अध्यक्ष महरले दिए राजीनामा

सोमबार २८, माघ २०७५

काठमाडौं । नेपाली कांग्रेस पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महर पदबाट राजीनामा दिएका छन् ।

कांग्रेस पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दे अध्यक्ष महरले राजीनामा दिएका हुन् । 

११ औं महाधिवेशनबाट नेविसंघ सभापति भएका महरले आफ्नो कार्यकाल पूरा भई थपिएको पाँच महिनाको अवधिमा पनि १२ औं महाधिवेशन गर्न नसकेपछि संगठनभित्र र पार्टीमा आलोचना भएको थियो।

महरले सभापति देउवालाई बुझाएको राजीनामा पत्रमा, ‘१२ औं महाधिवेशन र स्ववियु निर्वाचन सम्पन्न गर्ने अर्जुन दृष्टि हुँदाहुँदै विधानअनुसार नेविसंघको कार्यकाल सकिएको र पार्टीभित्र नेविसंघबारे मतान्तर भएकोले’ राजीनामा दिएको उल्लेख गरेका छन्।