​ललितपुरको एक फ्याक्ट्रीमा भीषण आगलागी

Newslaya Home

​ललितपुरको एक फ्याक्ट्रीमा भीषण आगलागी

सोमबार २८, माघ २०७५

काठमाण्डौ । ललितपुरको नख्खुस्थित एक इनामेल फ्याक्ट्रीमा भीषण आगलागी भएको छ ।

नख्खु खोला नजिक रहेको एक फ्याक्ट्रीमा सोमवार दिउँसो करीब १ बजे आगलागी भएको हो ।

काठमाडौं र ललितपुरका दमकलले आगो निभाइरहेको जनाइएको छ । क्षतिको विवरण आउन बाँकी छ ।