​चीनमा सवारी दुर्घटना हुँदा ११ को मृत्यु

Newslaya Home

​चीनमा सवारी दुर्घटना हुँदा ११ को मृत्यु

सोमबार २८, माघ २०७५

काठमाण्डौ ।  चीनमा भएका दुई छुट्टा छुट्टै दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । चीनको अन्हुइ प्रान्तमा सवारी दुर्घटना भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

आइतबार बिहान अन्हुइमा भएको एउटा दुर्घटनामा परी चार जनाको घटनास्थलमै र अर्का एक जनाको अस्पतालमा मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । घाइते चार जनाको अवस्था स्थिर रहेको जनाइएको छ ।

यस्तै अर्को दुर्घटनामा पनि ६ जनाको मृत्यु भएको र पाँच जना घाइते भएको जनाइएको छ ।