आज प्रमिस डे, आफ्ना प्रेमी–प्रेमीकासंग वाचा गर्ने दिन

Newslaya Home

आज प्रमिस डे, आफ्ना प्रेमी–प्रेमीकासंग वाचा गर्ने दिन

सोमबार २८, माघ २०७५

इटहरी । आज ११ फेब्रुअरी अर्थात भ्यालेनटाइन सप्ताहको पाँचौ दिन । आजको दिनलाई प्रेमी प्रेमीकाले प्रमिस डे अर्थात वाचा गर्ने दिनको रुपमा मनाउने गर्दछन् ।

प्रेमील जोडीहरुको लागि यो दिनले धेरै महत्व राख्छ । यस दिन मन परेको व्यक्तिसँग वा आफ्नो प्रेमी–प्रेमिकासँग प्रेम सम्बन्ध निभाउने वचन गरिन्छ । आफ्नो प्रेमी–प्रेमीकाले प्रेमसम्बन्ध मजबुत बनाउनको लागि एक अर्कासँग प्रमिस गर्ने गर्दछन् । एक अर्कासँग प्रेमसम्बन्ध इमान्दारिताको साथ निभाउने संकल्प गर्दछन् ।

हरेक प्रेमी प्रेमीकाले यस दिन कसम खान्छन् जिन्दगी भर साथ निभाउनको लागि । यस दिन तपाई पनि आफ्नो प्रेमको जिन्दगीभर यादगार बनाउन सक्नुहुन्छ, एकले अर्कोसँग कसम खाएर ।