भारतीय रेल्वे ट्र्याकमा दुई नेपाली युवतीको शव भेटियो

वीरगञ्ज । भारतसँगको सीमावर्ती रेल्वे ट्र्याकमा दुई नेपाली युवतीको शव फेला परेको छ । रक्सौल–सुगौली रेल्वे खण्डको कनना रेल्वे ढाला नजिकै शव फेला परेको हो । दुईमध्ये एक जनाको साथमा रहेको परिचयपत्रअनुसार उनी वीरगञ्ज पब्लिक सेकेन्डरी स्कुल कक्षा ११ मा अध्ययनरत पर्साकी निभा कुमारी हुन् । अर्की छात्राको पकेटमा किरण लेखिएको पर्चा फेला परेको छ ।
स्थानीयका अनुसार बिहान दुवै छात्रा एकअर्काको हात समाएर कौडिहार गाउँतर्फबाट रेल्वे ढालातर्फ हिडिरहेको देखेका थिए ।
छात्राको विवरण लिएर प्रहरी टोली उनी अध्ययन गर्ने स्कुल पुगेको थियो ।