​विराटनगरको भोलेबाबा टेड्रसमा छापा

Newslaya Home

​विराटनगरको भोलेबाबा टेड्रसमा छापा

आइतबार २७, माघ २०७५

विराटनगर । विराटनगर–५ स्थित भोलेबाबा टेड्रसमा राजस्व अनुसन्धान कार्यालय इटहरीले छापा मारेको छ ।

भोला गुटकाको सुपर स्टकको रुपमा रहेको सो टेड्रसमा आज साँझ राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले छापा मारेको हो । राजस्व अनुसन्धानको इटहरी  कार्यालय प्रमुख बेदराज फुयालको नेतृत्वको टोलीले विराटनगर–५ त्रिमूर्ति मार्गस्थित टेड्रसको गोदाम र कार्यालयमा छापा मारेको हो । 

सो क्रममा राजस्वको टोलीले टेड्रर्सको बिलबिजक र कागजपत्र नियन्त्रणमा लिएको छ । राजस्व छली गरेको सूचनाका आधारमा छापा मारिएको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख फुयालले जानकारी दिए । उनले थप छानबिनका लागि डिलरको कार्यालयमा रहेको कागजपत्र नियन्त्रणमा लिइएको बताए । 

किसन बोहरा र विजय मालपानीले संयुक्त रुपमा सञ्चालन गरेको टेड्रसले भोला गुटका साथै करेन्ट चाउचाउ र मसलाको डिलरका रुपमा कारोबार गर्दै आएको जनाइएको छ ।