​बुढासुब्बा गोल्डकपः सडेन डेथमा पनि बराबरी, सोमबार टाइब्रेकर मार्फत नतिजा निकालिने

Newslaya Home

​बुढासुब्बा गोल्डकपः सडेन डेथमा पनि बराबरी, सोमबार टाइब्रेकर मार्फत नतिजा निकालिने

आइतबार २७, माघ २०७५

धरान । बुढासुब्बा गोल्डकप अन्तर्गत आज भएको उद्घाटन खेलमा संकटा र मेची नेत्रालयले बराबरी खेलेका छन् । 

निर्धारित समय सम्म दुवै टोलीले दुई–दुई गोलको समान नतिजा निकालेका थिए । त्यसपछि खेल टाइब्रेकरमा गएको थियो । 

तर टाइब्रेकरमा पनि दुवै टोलीले समान ४–४ गोल गरेपछि खेल सडेन डेथमा गएको थिायो । तर सडेन डेथमा पनि दुवै टोलीले बराबरी खेलेका थिए ।

धेरै अँध्यारो भइसको र लाइटको अभावका कारण खेलको नतिजा सोमबार बिहान ८ बजे टाइब्रेकर मार्फत निकालिने भएको छ । 

सोमबार दोस्रो क्वाटर फाइनल खेल नेपाल पुलिस र सहारा कल्व पोखरा बिच हुने छ । 
 प्रतियोगीताका विजेताले नगद ८ लाख र उपविजेताले ४ लाख प्राप्त गर्नेछन ।