​आफ्नै घरमा मृत भेटिए बलिउड अभिनेता महेश आनन्द

Newslaya Home

​आफ्नै घरमा मृत भेटिए बलिउड अभिनेता महेश आनन्द

आइतबार २७, माघ २०७५

काठमाडौँ । बलिउड अभिनेता महेश आनन्द मुम्बईस्थित आफ्नै घरमा मृत भेटिएका छन् ।

प्रहरीका अनुसार अभिनेता आनन्दको मृत्यु दुई दिन पहिले भएको अनुमान गरिएको छ । उनी महेश आनन्द अंधेरी उपनगरमा रहेको उनकै घरमा मृत भेटिएका थिए । 

आनन्दकी घरेलु सहयोगी शनिबार उनको घर पुगेर ढोका ढकढकाउँदा कसैले ढोका नखोले पछि उनले  छिमेकीलाई जानकारी गराएको र उनीहरुले प्रहरीलाई खबर गरेको भारतीय प्रहरीले जनाएको छ । 

त्यसपछि त्यहाँ पुगेका प्रहरीले उनको घरको ढोका तोडेर घरभित्र प्रवेश गर्दा उनलाई मृत पाएको प्रहरीले जनाएको छ। उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।