​टेड्डी डे विशेषः कुन रङको टेड्डीले के अर्थ दिन्छ ?

Newslaya Home

​टेड्डी डे विशेषः कुन रङको टेड्डीले के अर्थ दिन्छ ?

आइतबार २७, माघ २०७५

इटहरी । आज भ्यालेन्टाइन डे सप्ताहा को चौथो दिन ‘टेड्डी डे’ हो । टेडि एकदमै नरम र मुलायम खालको हुन्छ । यसलाइ माया कोमल हुने भएकाले कोमलताको प्रतिकका रुपमा टेड्डी गिफ्ट दिने गरिन्छ ।

आज विश्वभरका युवा युवतीहरुले ‘टेड्डी डे’ अर्थात ‘भालु आकृतिको खेलौना’ एक आपसमा आदान प्रदान गरेर मनाउँदै छन् ।

तपाईँले दिएको टेड्डीको कलर अनुसार अर्थ राख्ने हुदाँ विषेश ख्याल गर्नु होला ।

१. निलो टेड्डि — ‘गहिरो माया–प्रेम’
यदि तपाईँको एक आपसमा गहिरो प्रेममा हुनुहुन्छ भने निलो रङ्गको टेड्डी उपहार दिन सक्नुहुनेछ । आकाश र समुद्र निलो हुने र त्यसको कुनै सिमा नहुने हुदाँ निलो रङ्गको टेड्डी उपहार दिन भनिएको हो ।

२. ग्रीन टेड्डी – ‘म सधै कुरिरहने छु’
ग्रीन कलरको टेड्डीले ‘तिम्रालागि सधै पर्खने छु’ भन्ने संकेत गर्छ । हरियो रङ्ग सदावहार हुने हुदाँ उत्पादनशिल, सन्तुलित, कुमारित्व रहिरहेको भन्ने हुन्छ ।

३. रेड टेड्डी – ‘तपाईँको प्रेम बारे सबै जानकार छन्’
लामो समय देखि प्रेममा भएको र तपाईँको प्रेम बारे घर परिवार सबै जानकार छन् भने रातो टेड्डी उपहार दिनुस् रातो कलरको संकेत आगो र रगतसंग हुने हुँदा जस्तै परिस्थितिमा पनि नछुट्ने संकेत हो ।

४. कालो टेड्डी – ‘लभ इज रिजेक्टेड’
यदि तपाईँलाई प्रपोज गर्न मान्छे मन परेको छैन भने अस्विकार पनि गर्न सक्नुहुनेछ , ‘ब्ल्याक टेड्डी ’ मार्फत ।

५. सेतो टेड्डि – ‘अल रेडी बुक’
सेतो कलर शान्ति, शुद्ध र स्वच्छ आत्माको प्रतिक मानिन्छ । त्यसैले सिधा कुरा गर्नेले यो टेड्डी उपहरमा प्रयोग गर्न सक्छन् । साथै पहिल्यै प्रेममा रहेकाले पनियो टेड्डी प्रयोग गर्ने चलन छ ।

६. सुन्ताला कलरको टेड्डी – ‘प्रपोज कुर्दै’
सुन्तला कलरले शक्ति, खुसि, आनन्द, सृजनात्मक अवस्था वा सुर्योदयको रुपलाई संकेत गर्छ । यदि तपाईँलाई कसैले उक्त कलरको टेड्डी दिदैछ भने थाहा पाउनुस् कि तपाइँलाई उसले प्रपोज कुरिरहेको छ । अथवा, तपाईँलाई प्रपोजको उत्तम समय कुरिरहेको छ ।

७. पिन्क टेड्डि – ‘प्रस्ताव स्वृकार’
गुलाबी कलरको संकेत आकर्षक, नेचुरल्ली र माया बढ्दै गएको संकेत हो । यो उपहर पाउनु भो भने कहिल्यै अन्त्य नहुने मायाको समेत संकेतको गर्दै तपाईको प्रस्तावलाई स्विकार गरेको ठहर हुनेछ ।

८. पर्पल टेड्डी – ‘छिटै तपाइँसगँ जोडिने’
तत्काल स्वृकार नगरेको तर छिट्टै स्वृकार गर्ने अवस्थामा यो टेड्डी प्रदान गर्न सकिन्छ । पर्पलमा रोतो र निलो रङगको सामुहिक समिश्रण पर्पल हो । यस कलरले दिगो, शक्तिशाली र आरामदायी मायाको संकेत गर्छ । तपाईँलाई यो टेड्डि प्राप्त हुदाँ थाहा पाउनुस् कि छिटै तपाइँसंग जोडिनेछन् ।

९. पहेँलो टेड्डि – ‘ब्रेक अप’
पहेँलो कलरले आनन्द, खुसि र शक्तिको संकेत गर्ने भएपनि पहेँलो कलरको पहेँलोप्राप्त हुँदा सम्बन्ध बिच्छेदको संकेत हो ।

१०. ब्राउन टेड्डि – ‘हार्ट ब्रोकन’
यो उपहार प्राप्त गर्ने वा दिनलाई चित्त दुखपछि उपहार दिने चलन छ । यो कलर माया त्यति प्रयोगमा आउँदैन् ।