शिव परियारको गीत ‘तिमी नै मेरो सास हौ’ सार्वजनीक (भिडियोसहित)

Newslaya Home

शिव परियारको गीत ‘तिमी नै मेरो सास हौ’ सार्वजनीक (भिडियोसहित)

आइतबार २७, माघ २०७५

 
काठमाडौं । गायक शिव परियारको नयाँ गीत ‘तिमी नै मेरो सास हौ’ सार्वजनिक भएको  छ ।  एकनारायण भण्डारीको शब्द तथा आशिष अविरलको संगीत रहेको गीतमा शिवको स्वर रहेको छ ।

अभिनेत्री स्वस्तिमा खड्का र आकाश श्रेष्ठको जोडी गीतको भिडियोमा देख्न सकिन्छ। सुहाना क्रियसनको प्रस्तुति रहेको भिडियोमा बुद्ध थापाको छायाँकन,विकास धमलाको सम्पादन, सुबोल थापाको कोरियोग्राफी छ। गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन्।