सरस्वती पूजामा गएका भारतीय विधायकको गोली हानी हत्या

Newslaya Home

सरस्वती पूजामा गएका भारतीय विधायकको गोली हानी हत्या

आइतबार २७, माघ २०७५

काठमाडौ। सरस्वती मन्दिरमा पूजा गर्न गएका भारतको पश्चिम बंगालका एक जना विधायकको गोली हानेर आइतबार हत्या भएको छ ।  तृणमूल कांग्रेसका विधायक सत्यजित विश्वासको हत्या भएको हो । 

उनी मजधिया क्षेत्रमा आयोजित सरस्वती पूजाको कार्यक्रममा गएका थिए । कार्यक्रमको मञ्चबाट ओर्लन लागेको बेला कोही अज्ञात व्यक्तिले उनिमाथि गोली प्रहार गरेको थियो । 

सो कार्यक्रममा १ सय जना भन्दा बढी मानिसको सहभागिता रहेको जनाइएको छ । 
गोली प्रहार गरिएको बन्दुक भने प्रहरीले बरामद गरेको छ । तृणमूल कांग्रेसले सो घटनामा भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको हात रहेको आरोप लगाएको छ ।