​नरोकिने भो पश्चिमी वायु, आइतबार मौसम खुलेपनि सोमबारदेखि फेरी वर्षा

Newslaya Home

​नरोकिने भो पश्चिमी वायु, आइतबार मौसम खुलेपनि सोमबारदेखि फेरी वर्षा

आइतबार २७, माघ २०७५

इटहरी । केहीदिनदेखि भैरहेको वर्षा र हिमपात आइतबार रोकिनेछ । तर सोमबारदेखि फेरी पानी पर्न सक्ने अनुमान गरिएको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी भेगमा आइतबार पनि केही ठाउँमा पानी पर्ने र सोमबारदेखि फेरी देशभर ठाउँ ठाउँमा पानी पर्ने सम्भावना छ । 

गत बुधबार भित्रिएको पश्चिमी वायुको प्रभाव पूर्ण रुपमा हटेपनि पश्चिमबाट फेरि आउन लागेको अर्को पानी पार्ने प्रणालीका कारण सोमबारदेखि केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।

लगातारको पश्चिमी वायुका कारण नेपालमा पानी पर्ने र हिमपातको क्रम लगातार भइरहेको छ ।