​नवयुगसहितका खेलाडी तथा प्रशिक्षकलाई व्यक्तिले दिए मोटरसाइकल, स्कुटर र नगद

Newslaya Home

​नवयुगसहितका खेलाडी तथा प्रशिक्षकलाई व्यक्तिले दिए मोटरसाइकल, स्कुटर र नगद

आइतबार २७, माघ २०७५

बिर्तामोड । पूर्वका चार जिल्लाबाट चुनिएका उत्कृष्ट खेलाडीले अवार्ड पाएका छन् । खेलकुद पत्रकार मञ्च झापाले यसबर्षको उत्कृष्ट युवा खेलाडीको रुपमा प्रकाश दनुवारलाई अवार्ड दिएको छ । उनी एथ्लेटिक्सका खेलाडी हुन् ।

पिपुल्स च्वाइस अवार्ड अन्तर्गत झापा ११ फुटबल क्लबका डिफेन्डर देवेन्द्र तामाङ, उत्कृष्ट प्रशिक्षक क्रिकेटका बिरु श्रेष्ठले अवार्ड पाए । खेलाडी र प्रशिक्षक दनुवार, तामाङ र श्रेष्ठले जनही २५ हजार नगद तथा सम्मानपत्र पाए ।

लाइफटाइम अचिभ्मेन्ट अवार्डबाट ताप्लेजुङका भलिबल प्रशिक्षक तेजप्रताप पतङवा सुब्बा सम्मानित भए । महिला तर्फको उत्कृष्ट खेलाडीका रुपमा जुडो खेलकी देविका खड्काले स्कुटर प्राप्त गरेकी छिन् ।

पुरुषतर्फ उत्कृष्ट खेलाडीको अवार्ड नवयुग श्रेष्ठले पाए । श्रेष्ठ इलामका हुन् । उनले पनि यामाहा कम्पनीको मोटरसाइकल पाए ।

यी सबै पुरस्कार भने व्यक्तिगत तवरमा प्रायोजन र प्रदान गरिएका हुन् । उत्कृष्ट खेलाडीलाई दिइएको स्कुटर र मोटरसाइकल झापा ११ फुटवल क्लवका अध्यक्ष जलकुमार गुरुङले प्रदान गरेका हुन् । नगद पुरस्कार अखिल नेपाल फुटवल संघका उपाध्यक्ष पङकज बिक्रम नेम्वाङले आफ्ना भाइ आशिष बिक्रम नेम्वाङको स्मृतिमा प्रदान गरेका हुन् ।