केराबारीमा सोमबारदेखि खेलकुद प्रतियोगिता शुरु हुने

Newslaya Home

केराबारीमा सोमबारदेखि खेलकुद प्रतियोगिता शुरु हुने

शनिबार २६, माघ २०७५

मोरङ । मोरङको केराबारीमा खेलकुद विकास समितिको आयोजनामा सोमबारदेखि केराबारी गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता शुरु हुने भएको छ। 

प्रतियोगितामा पुरुष भलिबल, महिला र पुरुष फुटबल, चारसय मिटर र एकसय म्याराथुन लगायतका खेलहरु हुनेछन् । 

प्रतियोगिताका विजेताहरुलाई फुटबल र भलिबल तर्फ ३५हजार नगद र प्रमाण पत्र, द्वितिय हुनेलाई २५हजार नगद र प्रमाण पत्र एवम चारसय मिटर म्याराथुनमा प्रथम, द्वितिय र तृतीय हुनेलाई क्रमश ५ हजार, ३ हजार र २ हजार एवम एकसय मिटर म्याराथुनमा प्रथम, द्वितीय र तृतिय हुनेलाई क्रमश ३हजार, २ हजार र एकहजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।