​आजबाट सुनसरीको चतरामा तारक ब्रम्ह माहायज्ञ सुरु

Newslaya Home

​आजबाट सुनसरीको चतरामा तारक ब्रम्ह माहायज्ञ सुरु

शनिबार २६, माघ २०७५

इटहरी । चतरामा आज तारक ब्रम्ह माहायज्ञको उद्घाटन भएको छ । यज्ञको उद्घाटन राष्ट्रपति विद्यादेवि भण्डारीले गरेकि हुन् । यज्ञको उद्घाटनमा प्रदेश एकका विभिन्न सम्माननीय व्यक्तिहरुको सहभागिता रहेको थियो ।  

महायज्ञमा १०८ वटा यज्ञ कुण्ड रहेको छ । साथै यो यज्ञ स्थान बाँस र खर बाट निर्माण गरिएको छ ।  यो मण्डप बनाउन सयौंको संख्यामा बाँसको प्रयोग गरिएको छ ।

कार्यक्रममा प्रदेश एकका मुख्यमन्त्री शेरधन राई लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रमको उद्घाटन संगै राष्ट्रपति भण्डारीले श्रिलङ्का टापुको भ्रमणसमेत गरेकी छिन् । उनले प्रदेश एकमा हरीत अभियान हुने घोषण गरेकी छिन् ।