​ब्राजिलियन फुटबल क्लबमा आगलागी हुँदा १० खेलाडीको मृत्यु

Newslaya Home

​ब्राजिलियन फुटबल क्लबमा आगलागी हुँदा १० खेलाडीको मृत्यु

शनिबार २६, माघ २०७५

काठमाडौं ।  ब्राजिलको एक फुटबल क्लबमा आगलागी हुँदा १० जना खेलाडीको मृत्यु भएको छ । फ्लामेङ्गो फुटबल क्लबमा शुक्रवार आगलागी हुँदा उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । 

मृत्यु हुनेहरूमा १४ देखि १७ उमेर समूहका खेलाडी रहेका छन् । उनीहरू क्लबमा खेलको अभ्यास गरिरहेका बेला आगलागी भएको स्थानीय टिभी ग्लोबोले जनाएको छ ।

रियोको भर्गेम ग्राण्ड जिल्लामा रहेको अत्याधुनिक प्रशिक्षणस्थलमा स्थानीय समयानुसार बिहान ५ बजे आगलागी भएको थियो ।