​फुटबलर लियोनल मेस्सीको कमाइ कति ?

Newslaya Home

​फुटबलर लियोनल मेस्सीको कमाइ कति ?

शनिबार २६, माघ २०७५

काठमाडौं । बार्सिलोनाका अर्जेन्टिनी फुटबलर लियोनल मेस्सी युरोपमा सबैभन्दा बढी कमाइ गर्ने खेलाडी बनेका छन् ।

३१ वर्षीय मेस्सी आफ्ना प्रतिस्पर्धी इटालियन क्लब युभेन्टसका पोर्चुगिज रोनाल्डोलाई झण्डै दोब्बर रकमले पछि पार्दै सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका हुन् । फ्रेन्च पत्रिका ‘एलइक्विप’ हालै सार्वजनिक गरेको तथ्यांकअनुसार मेस्सी युरोपमा सबैभन्दा बढी कमाइ गर्ने फुटबलर हुन् ।

सूचीमा बार्सिलोनाका कप्तानसमेत रहेका मेस्सीले मासिक ७.३ मिलियन युरो कमाउँछन् । त्यसपछि रोनाल्डो दोस्रो स्थानमा छन् । ३४ बर्षीय रोनाल्डोले मासिक ४।१ मिलियन युरो कमाउँछन् । यो कमाई कर कटाएर हो । 

यस्तै एन्टोइन ग्रीजम्यान (एट्लेटिको म्याड्रिड) २.९ मिलियन, नेमार (पिएसजी) २.७ मिलियन, लुइस स्वारेज (बार्सिलोना) २.५ मिलियन र  ग्यारेथ बेल (रियल म्याड्रिड) २.२ मिलियन युरो कमाउँछन् ।