​आज चकलेट डे : आफ्ना प्रेमी–प्रेमीकालाई चकलेट दिई मनाइदै

Newslaya Home

​आज चकलेट डे : आफ्ना प्रेमी–प्रेमीकालाई चकलेट दिई मनाइदै

शनिबार २६, माघ २०७५

इटहरी । आज ९ फेव्रुअरी, आजको दिनलाई चकलेट डे को रुपमा मनाइने गरिन्छ । चकलेट डे को दिनको शुरुवात केहि मिठो खाएर गरिन्छ । साथै आफ्नो साथी वा प्रेमीलाई चकलेट दिएर आफ्नो प्रेमको सम्बन्धलाइ पनि चकलेट जस्तो मिठास बनाउने गरिने बताइन्छ । 

गुलाबको फूल दिएर प्रपोज गरिसकेपछि प्रेमसम्बन्धलाई प्रगाढ बनाउनको लागि चकलेटबाट सुरुवात गरिने बताइन्छ । यस दिन प्रेमी–प्रेमीकाको लागि चकलेट दिएर आफ्नो सम्बन्धमा चकलेट जस्तै मिठास भर्ने विश्वास गरिन्छ । 

तपाइ पनि आफ्नो प्रेम वा प्रेमीकालाइ चकलेट दिएर सम्बन्धलाई प्रगाढ बनाउनुका साथै प्रेमलाइ बढाउनुहोस् ।