​अब एक करोड भन्दा बढिको योजनामा मात्र डोजर चलाउन पाइने

Newslaya Home

​अब एक करोड भन्दा बढिको योजनामा मात्र डोजर चलाउन पाइने

शनिबार २६, माघ २०७५

काठमाडौं । अब एक करोड रुपैयाँ देखि माथिका सरकारी आयोजनामा मात्र डोजरलगायत मेसिन प्रयोग गर्न पाइने भएको छ। मन्त्रिपरिषद् बैठकले संघ, प्रदेश र स्थानीय तहका कम लागतका आयोजनामा मेसिन प्रयोग रोकेको हो। 

फागुन १ देखि लागू हुने गरि प्रधानमन्त्री रोजगार कार्यक्रमसम्बन्धी निर्देशिका मन्त्रिपरिषदले पारित गरेको छ। 

जनप्रतिनिधिले डोजरलगायत उपकरण खरिद गरी सार्वजनिक निर्माणमा प्रयोग गर्दै आइरहेका छन्। जथाभावी डोजर प्रयोग गर्दा विकासका नाममा विनाश भइरहेको र बेरोजगारले काम नपाएको भन्दै वातावरणविदले सरकारको ध्यानाकार्षण गर्दै आएका थिए। अब प्राविधिक रूपमा असम्भव स्थानमा मात्र मेसिन प्रयोग गर्न पाइने भएको छ।