​व्वाइफ्रेन्ड भाडामा

Newslaya Home

​व्वाइफ्रेन्ड भाडामा

शुक्रबार २५, माघ २०७५

संसारमा रहेका धेरै कुराहरु मानिसहरुलाई आश्चार्य चकित बनाउने गर्दछ । कतिपय कुराहरु त यस्ता पनि हुन्छन्, जसलाई विश्वास नै गर्न सकिदैन । त्यस्तै जापानमा पनि एउटा रोजशिप नामको सर्भीस रहेको छ । अर्थात एउटा यस्तो बिजनेस जहाँ आफ्नो व्वाइफ्रेन्डलाई भाडामा दिइन्छ । 

युवतीहरुले आफ्नो व्वाइफ्रेन्डलाई घण्टा वा दिनको हिसाबमा भाडामा दिने गर्दछन् । यो सर्भिस लिने युवतीले अरुको व्वाइफ्रेन्ड मध्ये  एकजनालाई छनोट गर्ने काम गर्ने गर्दछन्  । साथै युवतीले आफूलाई मन पर्ने युवकलाई बुकिङ गर्न मिल्ने सुविधा समेत रहेको छ ।  

सेवा शुल्क चाहिँ बुकिङ समयअनुसार हुने बताइएको छ । यस सर्भिसमा गुडनाइट प्याकेज पनि रहेको छ । यस सर्भिसको प्रयोग गर्ने महिलाहरुको उमेर ३०–४० सम्म रहेको छ भने युवकहरुको उमेर २०–३० सम्म रहेको छ ।