​राष्ट्रपति भण्डारी मोरङ आउने कार्यक्रम रद्द

Newslaya Home

​राष्ट्रपति भण्डारी मोरङ आउने कार्यक्रम रद्द

शुक्रबार २५, माघ २०७५

दमक । राष्ट्रपति विद्यादेवी भण्डारी मोरङ आउने कार्यक्रम मौसमका कारण रद्द भएको छ । 

राष्ट्रपति भण्डारी मोरङको कानेपोखरी र उर्लाबारीमा रहेका २ वटा विद्यालयको स्वर्ण महोत्सवमा सहभागी हुन आउने कार्यक्रम तय भएको थियो । 

मौसमका कारण हेलिकप्टर उडान गर्न नसक्ने भएपछि राष्ट्रपति भण्डारी आउने कार्यक्रम रद्द भएको सांसद घनश्याम खतिवडाले जानकारी दिएका छन् ।