फेरी बन्यो एप्पल विश्वकै ठूलो कम्पनी

Newslaya Home

फेरी बन्यो एप्पल विश्वकै ठूलो कम्पनी

बिहीबार २४, माघ २०७५

काठमाडौं । एप्पल फेरी पनि विश्वको सबैभन्दा ठूलो बजार पुँजीकरण भएको कम्पनी बन्न सफल भएको छ । मंगलबार माइक्रोसफ्टलाई पछि पार्दै एप्पल सबैभन्दा मूल्यवान् कम्पनी बन्न पुगेको हो ।

एप्पलको समग्र बजार पुँजीकरण ८ खर्ब २१ अर्ब डलर पुगेको छ । जबकी माइक्रोसफ्टको समग्र बजार पुँजीकरण ८ खर्ब १९ अर्ब डलर मात्र छ । एमजन ८ खर्ब १६ अर्ब डलरको साथमा तेस्रो स्थानमा रहेको छ ।

मंगलबार एप्पलको शेयरमा १ दशमलव ७१ प्रतिशतको वृद्धि भएको हो । गत नोभेम्बरमा एप्पललाई पछि पार्दै माइक्रोसफ्ट सबैभन्दा बढी बजार पुँजीकरण भएको कम्पनी बन्न पुगेको थियो । 

गत जनवरीमा एमजनले माइक्रोसफ्टलाई उछिन्दै पहिलो स्थानमा आएको थियो तर पुनः माइक्रोसफ्ट पहिलो स्थानमा देखिएको थियो ।