२१ औं बुढासुब्बा गोल्डकपको तयारी पुरा

Newslaya Home

२१ औं बुढासुब्बा गोल्डकपको तयारी पुरा

बिहीबार २४, माघ २०७५

धरान । मोफसलकै चर्चित फुटबल प्रतियोगिताको रुपमा रहेको बुढासुब्बा रेडबुल गोल्डकपको २१ औं संस्करणको तयारी पूरा भएको आयोजकले  जनाएको छ । 

माघ २६ गते देखि फागुन ४ गतेसम्म धरान–१६ स्थित प्रादेशिक रंगशालामा हुन गईरहेको बुढासुब्बा गोल्डकपमा २ विदेशी टोलीसहित ६ वटा राष्ट्रिय टिम बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । 

प्रतियोगितामा आयोजक धरान फुटबल क्लबसहित संकटा क्लब काठमाडौं, मेची नेत्रालय झापा, पुलिस क्लब काठमाडौं, सहारा पोखरा, मनाङ मस्र्याङदी काठमाडौं, डालफिनास क्यामरुन र डालहाउसी एथ्लेटिक कलकत्ता सहभागि हुने भएका छन् । 

२१ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको गोल्डकपलाई एन्फाले सहयोग नगरेकाले अन्तराष्ट्रिय प्रतिष्पर्धा गर्न नसकेको आयोजकको गुनासो छ । 

प्रतियोगितको विजेताले नगद ८ लाख र उपविजेताले ४ लाख रुपैया पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट खेलाडीले होण्डाको मोटरसाईकल र अन्य व्यक्तिगत विधा तर्फ २५ हजारका दरले पुरस्कार पाउने आयोजकले जनाएको छ ।