​विराटनगरको एक पानी उद्योगमा शिलबन्दी

Newslaya Home

​विराटनगरको एक पानी उद्योगमा शिलबन्दी

बिहीबार २४, माघ २०७५

विराटनगर । विराटनगरको एक पानी उद्योगमा शिलबन्दी गरेको छ । 

विराटनगर ५ मा संचालित शुभकामना जलमा सिडियो कार्यालय विराटनगर, खाद्य तथा गुण नियन्त्रण कार्यालय लगायतका संस्थाहरुको संयुक्त पहलमा शिलबन्दी गरिएको हो । 

अनुगमनका क्रममा शुभकामना जल उद्योग मापदण्ड विपरीत संचालनमा रहेको पाइएकाले शिलबन्दी गरिएको अनुगमन टोलीले जनाएको छ । 

यसअघि पटकपटक उद्योगमा अनुगमन गर्न जादा गेटमा ताला लगाइएको भेटिएको थियो । गेटमा ताला लगाएपनि भित्र उद्योग संचालन गरेको खबर पाइएपछि शुभकामना जल उद्योगको अनुगमन गरिएको थियो ।