"ब्रम्हाजीलाई चिठ्ठी" (कविता)

Newslaya Home

"ब्रम्हाजीलाई चिठ्ठी" (कविता)

बिहीबार २४, माघ २०७५

हे ! ब्रम्हाजी,
कोटी कोटी हार्दिक नमन !
तिमीलाई "तिमी" भनि संबोधन गरें,
कृपया ! क्षमाप्रार्थी छु,
तिमी त अलौकिक आविष्कारक हौ,
तिमीले मानिसको शरीर बनायौ
मानिसलाई प्राण सहितको बनायौ,
मानिसमा निराकार श्वाश भरी 
पूर्णआकार दियौ,
यसरी,
मन ,मुटु सहितको खास बिशेषता 
बोकेको प्राणी बनायौ ।।

यसैगरी,
मानिसमा विचित्रको मन भरेउ,
अनौठा-  अनौठा मन 
मष्तिष्कहरु दियौ,
केही अपवाद बाहेक सबैमा
समान अंग-प्रत्यंग राख्यौ / जोड्यौ,
मुटुको समान चाल बनायौ
तर,
असमान संवेदनाले मुटुलाई
भरीपूर्ण पारेउ,
मन मष्तिष्कमा विभेद गरायौ,
एउटै शरीरमा असंख्य मनहरु छरेउ,
आखिर किन यस्तो बनायौ?

दुषित मन भरेर सुन्दरतामा 
कुरुपता राख्यौ ,
फलस्वरुप,
मानिस - मानिसमा भेद बढ्यो यही मनले,
मानिस - मानिसमा द्वन्द चर्क्यो यही मष्तिष्कले ,
सबैले भन्छन् सृष्टिकर्ता तिमी हौ,
फेरी किन मानिसका मन भित्र 
ध्वंशात्मक रसायन प्रवाह गरेउ??
किन विकृत मनमष्तिष्क पनि निर्माण गरेउ?
अनि किन? किन? संवेदनाहीन मुटु बनायौ?
शायद ,
तिमी पनि कुशल सर्जक होइनौ कि क्या हो ?
अनि दूरदर्शी पनि त होइनौ कि?

ल है आजलाई यत्तिनै,
उही तिम्रो मनुवा।।