एनसेलले नेपाल सरकारलाई ६० अर्ब भन्दा बढी कर तिर्नु पर्ने

Newslaya Home

एनसेलले नेपाल सरकारलाई ६० अर्ब भन्दा बढी कर तिर्नु पर्ने

बुधबार २३, माघ २०७५

काठमाडौं । सर्वोच्च अदालतले एनसेल बिक्री गर्दा प्राप्त हुने पूँजिगत लाभकर एनसेलबाटै असुल गर्न आदेश दिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा, न्यायाधीशहरू मीरा खड्का, विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंक मोक्तानको वृहद पूर्ण इजलासले एक्जिएटा कम्पनी र एनसेलबाटै पुँजीगत लाभकर उठाउन आदेश दिएको हो।


स्वीडेनको टेलिया सोनेरा कम्पनीले २०७२ पुस ७ गते एनसेलको ८० प्रतिशत सेयर मलेसियाको एक्जिएटा कम्पनीलाई बेचेको थियो। उक्त खरिदबिक्रीमा नेपाल सराकरलाई ६० अर्ब ७१ करोड कर तिर्न बाँकी रहेको थियो ।