अब नेपाल टेलिकमको प्रिपेड फोन विदेशमा चल्ने

Newslaya Home

अब नेपाल टेलिकमको प्रिपेड फोन विदेशमा चल्ने

बुधबार २३, माघ २०७५

काठमाडौं । अब नेपाल टेलिकमको प्रिपेड फोन विदेशमा पनि चल्ने भएको छ ।

यसको मतलब तपाईसँग नेपाल टेलिकमको प्रिपेड फोन छ भने विदेशमा पनि तपाईंको फोन चल्छ ।

यसअघि पोस्टपेडका प्रयोगकर्ताले मात्रै यस्तो रोमिङ कलको सुविधा प्रयोग गर्न पाउँथे । टेलिकमले १५ वर्ष पूरा गरेर १६ वर्ष प्रवेश गरेको उपलक्षमा आज (बुधबार)देखि प्रिपेड फोनमा पनि रोमिङ कलको शुरुवात गरेको हो ।

सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले यो सेवाको शुभारम्भ गरेका हुन् ।

प्रिपेड फोन प्रयोगकर्ताले धरौटी नराखी रोमिङ सेवा प्रयोग गर्न पाउने छन् । मोबाइलमा जति ब्यालेञ्च छ सो बराबरको सेवा उपयोग गर्न पाउने गरी नेपाल टेलिकमले प्रिपेडका प्रयोगकर्तालाई रोमिङको सुविधा दिएको हो ।

पोस्टपेडका प्रयोगकर्ताले भने १० हजार धरौटी राखेर रोमिङ सेवा लिँदै आएका थिए ।