​अब ट्वीटरमा ट्वीट ‘इडिट’ गर्न सकिने

Newslaya Home

​अब ट्वीटरमा ट्वीट ‘इडिट’ गर्न सकिने

सोमबार २१, माघ २०७५

काठमाडौं । ट्वीटरले नयाँ फिचर ल्याउने भएको छ । नयाँ फिचर ल्याएसँगै अब ट्वीटरमा आफूले गरेको ट्वीट ‘इडिट’ गर्न सकिने छ । 

यसअघि ट्वीट गर्दा अक्षरहरु वा कुनै अन्य गल्ती फेला परेमा त्यसलाई सच्याउन मिल्दैन थियो । 

तर अबचाहिँ ट्वीटरमा पनि फेसबुकमा झैँ आफूले गरेको पोष्ट इडिट गर्ने फिचर आउने भएको हो । योसँगै अब ट्वीटर प्रयोगकर्ताले आफ्नो ट्वीटमा भएको गल्ती सुधार्ने मौका पाउनेछन् ।

ट्वीटरले यस्तो फिचर निकट भविष्यमै ल्याउनेछ । तर फेसबुकमा गरिने जस्तो इडिट ट्वीटरमा हुनेछैन । किनकि कुनै पनि ट्वीटलाई सम्पादन गरेर पब्लिस गरिसकेपछि पनि त्यो ट्वीटको ओरिजिनल भर्सनसमेत हेर्न सकिनेछ । अर्थात् खासमा सुरुमा उक्त ट्वीटमा के थियो र पछि के सम्पादन गरिएको हो ? भन्ने कुरा पनि थाहा पाउन सकिनेछ ।

नाइन टू फाइभ म्याक नामक वेबसाइटले ट्वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीको अन्तरवार्ता उद्धृत गर्दै यस्तो दाबी गरेको छ । उसका अनुसार ट्वीटरले ट्वीट सेन्ड गर्दा ५ देखि ३० सेकेण्डसम्मको अवधि दिने फिचर ल्याउनेछ । सोही विन्डोमा प्रयोगकर्ताले उक्त ट्वीटलाई इडिट गर्न सक्नेछन् ।