​विश्वकै दुर्लभ महायज्ञ चतरामा हुँदै

Newslaya Home

​विश्वकै दुर्लभ महायज्ञ चतरामा हुँदै

–शिशिर ढकाल
शुक्रबार १८, माघ २०७५

इटहरी । सुनसरीको चतरमा हुन लागेको श्री तारकब्रम्ह महायज्ञको उद्घाटन माघ २६ गते हुने भएको छ । 

आयोजक जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठका महासचिव भेषराज घिमिरेका अनुसार यज्ञको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने छिन् । साथै उद्घाटन समारोहामा प्रदेशका विभिन्न मन्त्रीहरुको पनि उपस्थिति रहने बताइएको छ । 

यज्ञका समाधिसिघ सद्गुरुदेव महायोगी सिद्धबाबा डा। श्री वैष्णव कृष्णदास जी महाराजले यो नेपालको इतिहासको इतिहासको पहिलो र विश्वको इतिहासको दोस्रो महायज्ञ भएको बताएका छन् । 

यज्ञबाट उत्पन्न हुने धुवाँले सूर्यबाट आउने हानिकारक विकिरणलाई पनि छेक्ने र वायु मण्डलमा भएका विषाक्ततालाई शुद्धीकरण गरी वायुमण्डलको शोधन भई स्वास्थ्य लाभ पनि हुने कृष्णदास जीले बताएका छन् ।

यज्ञको उद्घाटनमा नेपालबाट मात्रै २५÷३० हजारको हाराहारीमा मानिस आउने र दैनिक ५००० मानिस आउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।